फिल्म ‘२.०’ को कमाइ ४५० करोड, अक्षयले बनाए नयाँ रेकर्ड
बुधबार, १९ मङ्सिर २०७५, ०८ : ५७
एजेन्सी – बलिउडका दिग्गज अभिनेताद्वय अक्षय कुमार र रजनीकान्तले अभिनय गरेको फिल्म ‘२.०’ ले हिन्दी भर्जनबाट १ सय करोड कलेक्शन गर्न सफल भएको छ । यो फिल्मबाट अक्षयको सय करोड क्लबमा समाबेश भएको फिल्ममध्ये सबैभन्दा छिटो सय करोड कलेक्शन भएको फिल्म हो । फिल्म बिहारमा अत्यधिक सफल रह्यो ।
फिल्मले बिहिबार २०.२५ करोड, शुक्रबार १८ करोड, शनिबार २५ करोड, आइतबार ३४ करोड र सोमबार १३.७५ करोड कलेक्शन गरेको थियो । भने पाँच दिनको कूल कलेक्शन १११ करोड भएको छ ।
त्यसैगरी फिल्मले विश्वव्यापी रुपमा लगभग ४५० करोड पुगेको छ । दक्षिण भारतमा फिल्मको व्यापार सफल भइरहेको छ । शंकरको निर्देशनमा बनेको यो फिल्म ‘रोबोट’ को दोस्रो भाग हो ।
टु–डीमा भन्दा थ्री–डीमा फिल्म हेर्नेको संख्या धेरै छ । त्यसैले थ्री–डी फिल्महरु अधिकांश हाउसफुल भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण