फेरि सँगसँगै अमिताभ र शाहरुख
शुक्रबार, २१ मङ्सिर २०७५, ११ : १४
एजेन्सी – भारतीय फिल्मी क्षेत्रका दुई हस्ती शाहरुख र अमिताभ बच्चन पुनः एकपटक एकसाथ देखिने भएका छन् । धेरै वटा सुपरहिट फिल्ममा सँगै काम गरेका यी दुई फेरि फिल्म ‘बदला’ देखिने भएका हुन् ।
उक्त फिल्ममा लामो समयदेखि बलिउडमा राज गरिरहेका सुपरस्टार अमिताभ बच्चन र ‘रोमान्स किङ्ग’ शाहरुखसँगै अभिनेत्री तापसी पन्नु पनि मुख्य भूमिकामा देखिनेछिन् ।
सुजोए घोषको निर्देशनमा बन्ने फिल्ममा शाहरुख तापसी पन्नुको पतिको भूमिकामा देखिने भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ । जसमा अमिताभ बच्चन पुलिसको भूमिकामा देखिनेछन् ।
फिल्म हत्या र रहस्यमा आधारित हुनेछ । यो फिल्म स्पेनिश फिल्म ‘कन्ट्राट्याम्पो’को अफिसियल हिन्दी भर्जन हो ।
फिल्मको छायाकंन शाहरुख खानको ‘जिरो’ को रिलीजपछि सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण