१७ वर्षे मोडललाई यौन शोषणको आरोपमा मिका सिंह दुबईमा पक्राउ
भारतीय गायक मिका सिंह यौन शोषणको आरोपमा दुबईमा पक्राउ परेका छन् । उनीमाथि १७ वर्षे ब्राजिलियन मोडलमाथि यौन शोषणको आरोप लागेको हो ।
गल्फ न्यूजका अनुसार मिकाले ब्राजिलियन किशोरीलाई ह्वाट्सएपमार्फत एक अश्लील तस्बिर पठाएका थिए त्यसपछि उनले दुबई पुलिसलाई यसबारे जानकारी दिएकी थिइन् ।
मिकालाई बिहिबार दिउँसो तीन बजे दुबईको एक होटलबाट पक्राउ गरिएको हो । उनी मसाला अवार्डस् फङ्शन २०१८ मा समावेश हुनका लागि दुबई गएका थिए । बिहिबार राती उनको दुबईको एक होटलमा कार्यक्रम थियो जसपश्चात् उनी भारत फर्किने तयारीमा थिए तर अब उनको भारत फिर्तीमा केही समय लाग्ने बताइएको छ ।
रिपोर्टका अनुसार मिकाले ब्राजिलियन मोडललाई बलिउडमा काम दिलाउने बाचा पनि गरेका थिए । मिकाले काउन्सलर एक्सेसको माग गरेका छन् । यूएई अर्थात् संयुक्त अरब इमिरेट्सस्थित भारतीय दूतावास मिकालाई काउन्सलर उपलब्ध गराउने कोसिस गरिरहेको छ । जब घटना दुई देशबीचको हुन्छ तब आरोपीलाई काउन्सलर उपलब्ध गराइने प्रावधान छ । यूएईमा भारतीय राजदूत नवदीप सिंह सुरीले यसबारे जानकारी दिएका हुन् ।
यस मामलामा नयाँ अपडेट सार्वजनिक भएको छ । मिकालाई बिहिबार अबेर राती जमानतमा रिहा गरिएको छ । उनलाई शुक्रबार अदालतमा पेश गरिनेछ जहाँ यसको सुनुवाई हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण