मिस वर्ल्ड बनेकी मेक्सिकोकी वेनेसाबारे कति थाहा छ तपाईंलाई
२६ वर्षकी वेनेसा पोन्स मेक्सिकोका लागि मिस वर्ल्डको उपाधी जित्ने पहिलो महिला हुन् । शनिबार राती चीनको सान्या शहरमा मिस वर्ल्ड २०१८ को उपाधिको घोषणा गरियो ।
फाइनल राउन्डमा वेनेसालाई मिस वर्ल्ड बनेपछि अरुलाई कसरी मद्दत गर्नेछौ भनेर प्रश्न सोधिएको थियो । उनले जवाफमा भनेकी थिइन्, ‘म आफ्नो पदलाई त्यसरी नै प्रयोग गर्नेछु जसरी पछिल्लो तीन वर्षदेखि गर्दै आएकी छु । हामीले सबैबारे सोच्नुपर्छ, प्रेम गर्नुपर्छ । कसैलाई मद्दत गर्नु त्यति गाह्रो काम होइन । तपाईं बाहिर गएका बेला कसै न कसैलाई तपाईंको मद्दत चाहिरहेको हुन्छ । त्यसकारण सधैं मद्दतका लागि तयार हुनुहोस् ।’
वेनेसाले इन्टरनेशनल बिजनेसमा ग्रेजुएशन गरेकी छिन् । यसबाहेक उनले मानवाधिकारमा डिप्लोमा पनि गरेकी छिन् ।
वेनेसाको जन्म मेक्सिकोको मुआनजुआटो शहरमा भएको हो । उनी नेनेमी नामक एक स्कूलमा पनि काम गर्छिन् । यो स्कूलमा आदिवासी इलाकाका बच्चालाई विभिन्न संस्कृतिको शिक्षा दिइन्छ ।
उनको उचाई पाँच फिट ९ इन्च हो । उनले मे मा मिस मेक्सिकोको उपाधि जितेकी थिइन् ।
वेनेसालाई अंग्रेजी र स्प्यानिश भाषाकी जानकार हुन् । खाली समयमा उनलाई आउटडोर गेम खेल्न मनपर्छ । उनलाई भलिबल र स्कूबा डाइविङको शौख छ ।
वेनेसा महिलाको पुनर्वासका लागि काम गर्ने एक संस्थाकी बोर्ड अफ डिरेक्टरमध्येकी एक हुन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण