छोरी ईशाको संगीतमा श्रीमान् मुकेश अम्बानीसँग निता अम्बानीको रोमान्टिक डान्स (भिडियोसहित)
आइतबार, २३ मङ्सिर २०७५, १२ : ४४
भारतका चर्चित व्यवसायी मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाह अघिका कार्यक्रम सुरु भइसकेको छ । ईशा अम्बानी डिसेम्बर १२ तारिखमा आनन्द पीरामलसँग विवाह गर्दैछिन् । त्यसअघि दुई दिनसम्म प्रि–वेडिङ सेलिब्रेशन चल्नेछ । शनिबार संगीत आयोजना गरियो । छोरीको संगीतमा मुकेश अम्बानी र निता अम्बानीले डान्स गरे । दुबैलाई पहिलो पटक नाचिरहेको अवस्थामा देखिएको हो ।
हेर्नुहोस् भिडियोः
मुकेश अम्बानीसँग मात्र होइन ईशाको संगीतमा निता अम्बानीले दुई छोरा आकाश अम्बानी र अनन्त अम्बानीसँग पनि स्टेजमा प्रस्तुती दिएकी थिन् ।
ईशा अम्बानीको संगीतमा अमेरिकी सिंगर–डान्सर बियोन्सेको पनि कन्सर्ट छ । शाहरुख खानले संगीत सेरोमोनीको होस्ट गरेका हुन् । शाहरुख आफ्नी श्रीमती गौरी खानसँग उदयपुर पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण