शाहिद कपुरलाई क्यान्सर लाग्यो ? यस्तो भन्छन् नायक
बलिउड नायक शाहिद कपुरलाई पेटको क्यान्सर भएको खबर गत हप्ता निकै भाइरल भयो । शाहिदले सोमबार यो खबर खण्डन गरेका छन् । उनले आफ्नो आधिकारिक ट्वीट अकाउन्टमा । उनले लेखेका छन्, ‘म पूर्ण रुपमा ठिक छु, स्वस्थ छु । कृपया यस्तो कुनै पनि खबर विश्वास नगर्नुहोस् ।’
परिवार मिडियासँग रुष्टः
यसबारे वास्तविकता जान्नका लागि सम्पर्क गर्दा शाहिदको परिवार निकै रिसाएको भारतीय मिडियाले बताएको छ । उनीहरुको भनाई उद्धृत गर्दै एक भारतीय मिडियाले लेखेको छ, ‘मानिसहरु यस्तो समाचार कसरी लेख्न सक्छन् । आखिर यो खबरको आधार के हो ? यस्तो प्रकारको अफवाह फैलाउनुलाई कसरी जायज भन्न सकिन्छ ?’
Guys I’m totally fine pl don’t believe random stuff.
— Shahid Kapoor (@shahidkapoor) December 10, 2018
स्रोतका अनुसार शाहिर कपुरकी म्यानेजर आकांक्षाले पनि यो खबर गलत बताएकी छिन् । आकांक्षाका अनुसार यसबारे जब शाहिदलाई थाहा भयो तब उनी निकै हाँसेका थिए । शाहिद आजकाल फिल्म कबिर सिंहको सुटिङ गरिरहेका छन् जुन सन् २०१९ मा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण