जब मलाइकाले अरबाजकी प्रेमिकालाई पहिलो पटक भेटिन्...
हालै सलमान खानकी बहिनी अर्पिता खानको घरमा सलमानसमेत पूरा खान परिवारले आफ्नी आमाको जन्मदिन मनाए । उक्त कार्यक्रममा अरबाज खान र कथित प्रेमिका जर्जिया एन्ड्रियाना पनि समावेश भए । अरबाजकी पूर्वपत्नी मलाइका अरोडा पनि कार्यक्रममा समावेश भइन् । अरबाजसँग छुट्टिएपनि मलाइका खान परिवारसँग निकै नजिक छिन् र विभिन्न कार्यक्रममा सँगै देखिन्छिन् ।
उक्त जन्मदिनको कार्यक्रममा मलाइकाले पहिलो पटक अरबाजकी श्रीमती जर्जिया एन्ड्रियानीलाई भेटिन् । धेरैले मलाइका र एन्ड्रियानाको भेट असहज हुने अड्कल काटेका थिए तर भारतीय मिडियाका अनुसार यस्तो फिटिक्कै भएन । अरबाज र मलाइका दुबै आ–आफ्नो बाटो लागिसकेका छन् ।
मलाइका अर्जुन कपुरसँग डेट गरिरहेको भन्ने खबरले पनि निकै चर्चा पाउने गर्छ । यसबारे जब अर्जुनका पिता बोनी कपुरलाई सोधियो तब उनले यदि अर्जुन खुसी छन् भने आफू पनि खुसी भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण