अनलाइन सपिङको शिकार : सोनाक्षीले अमेजनबाट मगाइन् २९ हजारको हेडफोन, आयो फलामको टुक्रा
एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हासँग अनलाइन सपिङमा धोखाधडी भएको घटना बाहिर आएको छ ।
सोनाक्षीले केही दिनअघि अमेजनबाट १८ हजार भारु पर्ने हेडफोन अर्डर गरेकी थिइन् ।
तर, जब उनी भएकोमा पार्सल पुग्यो, त्यहाँ फलामको टुक्रा मात्र थियो ।
उनले पार्सलको तस्विर ट्वीटरमा सेयर गरेकी छिन् ।
सोनाक्षीले ट्वीट गर्दै लेखेकी छिन्, ‘अमेजन, मैले हेडफोन मगाएको थिएँ । तर, हेर्नुहोस् मैले के पाए । पूरै प्याक्ड थियो, खोलिएको पनि थिएन, हेर्दा पर्फेक्ट । तर, बाहिरबाट मात्र । तपाईंको ग्राहक सेवाले पनि मद्दत गर्न चाहेन ।’
Hey @amazonIN! Look what i got instead of the @bose headphones i ordered! Properly packed and unopened box, looked legit... but only on the outside. Oh and your customer service doesnt even want to help, thats what makes it even worse. pic.twitter.com/sA1TwRNwGl
— Sonakshi Sinha (@sonakshisinha) December 11, 2018
अमेजनले ट्वीट गर्दै खेद जतायो
अमेजनले सोनाक्षीको ट्वीटको जवाफ दिँदै लेखेको छ, ‘ओहो, यो अमान्य हो । तपाईंको पछिल्लो सपिङ र सपोर्ट टीमसँग सम्पर्क गर्दा गर्नु परेको अनुभवको लागि माफी चाहन्छौँ । तपाईंसँग हामी सीधै सम्पर्क गर्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण