केदारनाथ ५० करोडतर्फ, २.० को कमाई अब यति करोड पुग्यो
रजनीकान्त र अक्षय कुमारको फिल्म २.० को हिन्दी भर्सनले आफ्नो रिलिजको १६ औं दिनमा भारु एक सय ९७ करोड बढीको कमाई गरेको छ । शंकरको निर्देशनमा बनेको यो फिल्मले १६ औं दिन बक्स अफिसमा एक करोड ५० लाख भारु थप गर्दै एक सय ७९ करोड २५ लाख भारुको कमाई गरेका ेछ ।
फिल्म यो विकेन्डपछि दुई सय करोडमा पुग्ने सम्भावना छ । शंकरको निर्देशनम बनेको रोबोट/इन्थिरनको यो दोस्रो भाग नोभेम्बर २९ तारिखमा मूल तामिल फिल्मसँगै हिन्दी र तेलुगुको डब संस्करण संसारभरी १० हजारबढी स्क्रिनमा रिलिज गरियो । यो फिल्मले अहिलेसम्म भारु सात सय १० करोड ९८ लाखको कलेक्सन गरेको छ । यो कमाई विश्वभरीबाट भएको हो ।
यस्तै, अभिषेक कपुरको निर्देशनमा बनेको केदारनाथले बक्स अफिसमा यो शुक्रबार दुई करोड ५० लाख भारुको कलेक्सन गर्यो । अब फिल्मको कूल कमाई ४४ करोड ९५ लाख भारु पुगेको छ । फिल्म यो विकेन्डपछि ५० करोडसम्म पुग्ने आशा गरिएको छ । फिल्मले सात करोड २५ लाख भारुको ओपनिङ पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण