विवाहपछि अब स्क्रिनमा चुम्बन गर्नुहुन्छ ? दीपिका पादुकोणले भनिन्, ‘छि !’
बलिउडको नवविवाहित जोडी दीपिका पादुकोण र रणबीर सिंहको भविष्यको योजनाबारे जान्न प्रशंसकहरु उत्सुक छन् । रणबीर सिंहले सन्तानको योजनाबारे हालै कुरा गरेका थिए भने अब दीपिकाले विवाहपछि अनस्क्रिन किसिङमा आफ्नो प्रतिक्रिया दिएकी छिन् ।
फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा जब दीपिका पादुकोणलाई अब फिल्मसँगको कन्ट्र्याक्टमा ‘अनस्क्रिन नो किसिङ क्लज’ (पर्दामा अब चुम्बन नगर्ने शर्त) जोड्नुहुन्छ भन्ने प्रश्न सोधियो । यसको उत्तरमा दीपिकाले ‘छि !’ भन्दै प्रतिक्रिया दिएकी छिन् ।
दीपिकाको यस्तो प्रतिक्रियाले स्पष्ट हुन्छ कि विवाहपछि पनि उनी आफ्नो व्यवसायिक जीवनमा कुनै शर्त लागु गर्ने छैनन् ।
विवाहअघि नेहा धुपियाको टक शोमा दीपिका पादुकोणले रणबीर सिंह बलिउडमा उत्कृष्ट किसर हुन भनेकी थिइन् । स्मरण रहोस्, विवाहपछि सेफ अली खानले नो किसिङ क्लज राखेका थिए । सलमान खान पनि अनस्क्रिन चुम्बन गर्न रुचाउँदैनन् ।
सन्तानको योजनामा रणबीरले दिएका थिए यस्तो जवाफः
रणबीरले एक कार्यक्रमको क्रममा सन्तानको योजनाबारे खुलेर कुराकानी गरे । उनले भनेका थिए, ‘यो निर्णय मेरो कम र दीपिकाको धेरै हुनेछ । यसबारेको कुनै पनि निर्णय मैले दीपिकामाथि छोडेको छु ।’
उनले थपे, ‘दीपिका हरेक मामलामा मभन्दा उत्कृष्ट छिन् । उनी मभन्दा समझदार छिन् भनेर स्विकार्न पनि मलाई कुनै आपत्ति छैन । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण