विनोद खन्नाकी जेठी श्रीमती एवं अक्षय खन्नाकी आमा गिताञ्जलीको निधन
बलिउडका दिवंगत अभिनेता र सांसद विनोद खन्नाकी पहिलो श्रीमती गिताञ्जलीको शनिबार राती निधन भएको छ । उनी ७० वर्षकी थिइन् । अक्षय र राहुल खन्ना गिताञ्जलीका छोरा हुन् । उनले महाराष्ट्रको रायगढको मांडवास्थित फार्म हाउसमा अन्तिम सास फरिन् । आइतबार उनको अन्तिम संस्कार गरियो ।
स्रोतका अनुसार गिताञ्जली आफ्ना छोरासँग शनिबार बिहान करिब ११ बजे फार्म हाउस गएकी थिइन् । दिउँसो उनलाई असहज महसुस भयो । राती उनको स्वास्थ्य अचानक बिग्रिएपछि अक्षय र राहुलले उनलाई फार्म हाउसबाट करिब २० किलोमिटर टाढा अलिबाग सिभिल अस्पताल पुर्याए जहाँ डाक्टरले उनलाई मृत घोषित गरे ।
बाल्यकालका साथी थिए विनोद र गिताञ्जलीः
विनोद खन्ना र गिताञ्जली दुबै बाल्यकालका साथी थिए र स्कूले जीवनदेखि नै एक–अर्कालाई प्रेम गर्दथे । सन् १९७१ मा विनोद खन्नाले गिताञ्जलीसँग विवाह गरेका थिए । तर विवाहको १४ वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भयो । ओशोसँग सम्पर्कमा आएपछि यी दुईको सम्बन्धविच्छेद भएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण