विश्व चर्चित गायिका सकिरालाई ट्याक्स चोरीको आरोप
एजेन्सी – विश्व चर्चित गायिका सकिरालाई ट्याक्स चोरीको आरोप लागेको छ । स्पेनका वकिलले सकिरालाई १४.५ मिलियन युरो ट्याक्स चोरी गरेको आरोप लगाएका हुन् ।
सकिराा २०१५ मा स्पेनको बार्सिलोनामा आएर बसेकी थिइन् । २०१२ देखि २०१४ को समयमा पनि उनी स्पेनमा रहेको वकिलको भनाई रहेको छ । वकिलको भनाई अनुसार यो दुई वर्षमा सकिराले आम्दानीको ट्याक्स स्पेनमा तिर्नु पर्ने हो तर तिरेकी छैनन् ।
यस विषयमा सकिराबाट आधिकारीक धारण आउन बाँकी छ । । तर उनका नजिक मानिएका व्यक्तिले यो आरोप गलत भएको बताउँदै आएका छन् । जुन समयको कुरा उठाइएको छ । सो समय शकीरा स्पेनमा नभएको उनका नजिकका व्यक्तिले बताएका छन् ।
‘२०१२–१४ को समयमा सकिरा आफ्नो प्रेमी फुटबलर गेरार्ड पिकेका साथ स्पेनमै थिइन्’ वकिलको दाबी छ । ‘कामका कारण कहिले काँही बाहिर जान्थिन् ।’ यस विषयमा प्रमाणको आधारमा अदालतले फैसला गर्नेछ ।
स्पेनमा किन ट्याक्स ?
स्पेनको नियम अनुसार यदि कोही व्यक्ति ६ महिनादेखि १ वर्षसम्म बसोबास गर्छ भने उसले ट्याक्स तिनुपर्छ । केही समययता ट्याक्स चोरीको मामलामा स्पेनमा केही हाइप्रोफाइल व्यक्तिका नाम बाहिर आएका छन् ।
गत सेप्टेम्बरमा रियल म्याड्रिडका डिफेन्ड मार्सेलोलाई ट्याक्स चोरीको आरोप लागेको थियो । जसका कारण उनलाई चार महिना जेल सजाय समेत सुनाइयो ।
मार्सेलोको अलवा मेसी, नेमार, क्रिस्टियानो रोनाल्डोमाथि पनि ट्याक्स चोरीका आरोप लागिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण