प्रशंसकलाई झापड हानेको भिडियो भाइरल भएपछि नायिका जरिन खानको स्पष्टोक्ति
शुक्रबार एक पसलको उद्घाटनका लागि औरंगाबाद पुगेकी नायिका जरिन खानले एक व्यक्तिलाई झापड हानेकी थिइन् । उक्त घटनाको एउटा भिडियो सार्वजनिक भएपछि नायिकामाथि प्रश्न उठ्न थालेको थियो । यसबारे अब नायिकाले स्पष्टीकरण दिएकी छिन् । उनका अनुसार भीडको फाइदा उठाएर ती व्यक्तिले नायिकामाथि दुर्व्यवहार गरेका थिए ।
यो हो नायिकाको आरोपः
पसलको उद्घाटनका लागि औंरगाबाद पुगेकी नायिका जरिन खानमाथि एक व्यक्तिलाई थप्पड हानेका कारण मल बाहिर हंगामा भएको र भीडलाई नियन्त्रण गर्नका लागि लाठीचार्ज गर्नुपरेको आरोप लागको थियो । स्थानीयले नायिकाविरुद्ध दर्ता गर्ने माग पनि गरिरहेका छन् ।
जरिन खानको स्पष्टिकरणः
जरिन खानले यसबारे भनेकी छिन्, ‘त्यहाँ मैले जे गरेँ त्यो हरेक महिलाले गर्नुपर्छ । यसको ऊजुरी उनले औंरगाबाद पुलिसलाई पनि दिएकी छिन् । उनले भनिन्, ‘जब म मल पुगेँ तब भीडको फाइदा उठाउँदै केही मानिसहरुले दुर्व्यवहार गरे । मलाई लाग्यो कि मानिसहरुले मलाई बचाउनेछन् तर मलाई भीडमा एक्लै छोडियो ।’
उनले थपिन्, ‘भीडमा केही मानिसहरु मेरो कारतिर आए र मलाई गलत तरिकाले छुने कोसिस गरे । म भीडमा फसेकी थिएँ र निकै मुश्किलले निस्कन पाएकी थिएँ । मानिसहरु मेरो कारभित्र समेत हात छिराइरहेका थिए । सेल्फीको नाममा ममाथि दुर्व्यवहार गर्ने कोसिस गरिँदै थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण