२६ वर्ष कान्छीसँग विवाह गरेकोमा पहिलो पटक बोले नायक मिलिन्द
बलिउड नायक मिलिन्द सोमनले यसै वर्ष अप्रिल २२ तारिखमा अंकिता कोंवरसँग विवाह गरेका थिए । दुबैको विवाह निकै चर्चामा रह्यो । यसको एक विशेष कारण दुलहा र दुलहीबीचको उमेर अन्तर । मिलिन्द ५३ वर्षको हुन् भने अंकित २७ वर्षकी । २६ वर्ष कान्छी श्रीमतीसँग विवाह गरेकोमा मिलिन्दलाई ट्रोल पनि गरियो । प्रेमिकासँग ड्रिम वेडिङपछि मिलिन्द सोमनले पहिलो पटक उमेर भिन्नताबारे बोलेका छन् ।
हालै, द विकसँगको कुराकानीमा मिलिन्दले भने, ‘म उमेरको भिन्नतालाई महत्व दिन्नँ । दुई मानिस सधैं भिन्न हुन्छन् चाहे त्यो उमेरको सन्दर्भमा होस्, पृष्ठभूमिका कारण, अनुभव वा संस्कृतिका कारण । त्यसकारण यस्ता भिन्नता सधैं हुन्छन् जसलाई बुझ्न र स्विकार गर्नु आवश्यक छ ।’
मिलिन्द सोमनले भने, ‘एउटा सम्बन्धलाई बलियो, सकारात्मक र स्वस्थ राख्नका लागि पुराना बानी छोड्नुपर्छ । सबैभन्दा महत्वपूर्ण त तपाईं आफ्नो पार्टनरलाई सहज महसुस गराउनुहोस् र उनलाई ती सबै कुरा पाउन मद्दत गर्नुहोस् जुन उनी चाहन्छिन् ।’
अंकितासँगको मिलिन्दको यो दोस्रो विवाह हो । उनले सन् २००६ मा नायिका मिलिन जेम्पेनोईसँग विवाह गरेकी थिइन् तर दुबै तीन वर्षपछि अलग्गिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण