श्रीदेवीको अन्तिम इच्छा यस्तो थियो, पूरा गर्दैछन् बोनी कपूर
एजेन्सी – बलिउड फिल्म प्रोड्युसर बोनी कपूरले आफ्नी स्वर्गीय श्रीमती श्रीदेवीको अन्तिम इच्छा पूरा गर्ने भएका छन् । बोनीले तामिल फिल्म बनाएर तामिल फिल्ममा काम गर्ने श्रीदेवीको सपना पूरा गरिदिन लागेका हुन् ।
श्रीदेवीले अन्तिम फिल्म गर्दै गर्दा तामिल फिल्मका अभिनेता अजीत कुमारसँग काम गर्ने इच्छा व्यक्त गरेकी थिइन् । उनी तामिल फिल्म बनाउन चाहान्थिन् । उनको अधूरो रहरका लागि बोनीले फिल्म ‘पिंक’लाई रिमेक बनाउन लागेका हुन् ।
बोनी कपूरले एक अन्तरवार्तामा भनेका छन्, ‘फिल्मको नाम अहिलेसम्म टुंगो लागेको छैन । अजीतसँग ‘इंग्लिश विग्लिश’ मा काम गरेपछि श्रीदेवीले हाम्रो ‘होम प्रोडक्शन’ को लागि आजीतले कुनै तामिल फिल्म गरुन् भन्ने चाहान्थिन् तर लामो समयसम्म हामीलाई कुनै पनि कथा पाएनौँ । त्यसपछि अजीतले ‘पिंक’ बनाउने सल्लाह दिए ।’ उनले अगाडि भने, ‘अजीतको सुझाव सुनेर श्रीदेवी तुरुन्तै तयार भएको थिइन् किनकी उनलाई ‘पिंक’ को कथा निकै मन परेको थियो र अजीतले उक्त फिल्म राम्रो बनाओस् भन्ने पनि चाहान्थिन् ।’
एक भारतीय रिपोर्टको अनुसार फिल्मको नाम ‘थाला ५९’ हुनेछ । जुन २०१९ मा रिलीज हुनेछ । फिल्ममा एआर रहमानको संगीत हुनेछ । फिल्म पिंक २०१६ मा रिलीज भएको थियो जसमा मुख्य भूमिकामा अमिताभ बच्चन र तापसी पन्नू देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
-
प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण