मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

सलमान बने इन्डियन आइडलको सिजन १० को विजेता

सोमबार, ०९ पुस २०७५, ०९ : ५७
सोमबार, ०९ पुस २०७५

मुम्बई । सलमान अली इन्डियन आइडल सिजन १० को विजेता बनेका छन् ।

नितिन कुमार, अंकुश भारद्वाज, निलन्जना राय र भिभोर परासरलाई पछि पार्दै सलमानले उपाधि हात पार्न सफल भएका हुन् ।

‘म अभिभूत र अवाक छु,’ उपाधि जितेपछि सलमानले भने, ‘मैले अझै पनि उपाधि जितेको पत्याउन सकेको छैन । मेरो सपना साकार पारेको लागि इन्डियन आइडल र सोनी एन्टरटेनमेन्टलाई धन्यवाद दिन चाहन्छु । त्यस्तै, मेरो लागि भोट गर्ने सबैलाई मनदेखि धन्यवाद दिन चाहन्छु ।’

अडियन्सको प्रिय रहेका सलमान प्रतियोगिता जित्नका लागि प्रबल दाबेदार रहेका थिए । हरियाणाको मेवाटबाट आएका सलमानले शुरुदेखि नै आफ्नो शक्तिशाली स्वरले सबैको मन जित्न सफल भएका थिए ।
सलमानले करिब दुई करोड भोट पाएका थिए ।

फाइनलमा जिरो चलचित्रको टोली शाहरुख खान, कटरिना कैफ र अनुष्का शर्माको पनि उपस्थिति रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप