यी नायकद्वारा ८० अर्ब ४० करोड सम्पत्ति दान दिने घोषणा
क्राउचिङ टाइगर, हिडन ड्र्यागनका स्टार चाउ युन फ्याट, ६३ वर्षे नायकले आफ्नो सात सय १४ मिलियन डलर अर्थात् ८० अर्ब ४० करोडको सम्पत्ति राम्रैसँग थन्कोमन्को लगाउने सोचमा छन् ।
गत हप्ता हङकङको मुभी साइट जेन स्टारसँगको अन्तर्वार्तामा आफू सबै सम्पत्ति दान दिने योजनामा भएको उनले घोषणा गरेका छन् ।
उनले उक्त साइटलाई भने, ‘मेरो सपना खुसी र साधारण व्यक्ति हुनु हो,’ र ‘जीवनमा सबैभन्दा गाह्रो काम भनेको पैसा कमाउनु होइन । वास्तवमा दिमाग र मनलाई शान्त बनाउनु र बाँकी जीवन साधारण र स्वतन्त्र भएर बाँच्नु निकै गाह्रो कुरा हो ।’
चाउले उक्त साइटलाई आफूले महिनामा एक सय दुई डलर खर्च गर्ने जानकारी दिए । साथै उनले १७ वर्षसम्म नोकियाको साधारण मोबाइल सेट चलाएको जुन े फुटेपछि नयाँ फोन किन्न बाध्य भएको उनले बताए ।
‘मलाई डिस्काउन्ट स्टोरमा सजिलै देख्न सकिन्छ,’ उनले थपे ।
‘म अरुका लागि ड्रेसअप गर्दिनँ,’ उनले जेन स्टारलाई भने । ‘मलाई सहज हुने र सुहाउँदो छ भने मजस्तो सुकै लुगा पनि लगाउँछु ।’
चाउले भने, ‘यी पैसा मेरा होइनन् । यसलाई केही समयका लागि सुरक्षा मात्र दिएको हुँ,’ आफ्नो सबै सम्पत्ति दान दिने कारण खुलाउँदै उनले भने ।
चाउ चीनमा निकै चर्चित छन् । उनी अ बेटर टुमोरो, द किलर र हार्ड बोइल्डजस्ता फिल्मका लागि चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण