मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रीदेवीदेखि सनी लियोनसम्म, २०१८ मा भाइरल भएका बलिउडका १० तस्बिर

मङ्गलबार, १० पुस २०७५, १० : ४५
मङ्गलबार, १० पुस २०७५

एजेन्सी – सन् २०१८ मा बलिउडमा थुप्रै घटनाहरु घटे । वर्षको सुरुवातमै चर्चित अभिनेत्री श्रीदेवीको निधनले धेरैलाई शोकाकुल बनायो । साथै अन्य कलाकारको जीवनमा पनि अनेक घटना घटे जुन घटनाका तस्बिर सामाजिक सञ्जालमार्फत भाइरल भयो । ती तस्बिरहरु सामाजिक सञ्जालमा लामो समयसम्म छाइरह्यो । 

बलिउड उद्योगका केही सुपरस्टारको विवाहको तस्बिरले पनि लामो समयनै सामाजिक सञ्जालमा शेयर भइरहेको थियो । 
 
 केही यस्ता तस्बिर जसले धेरैलाई लोभ्यायो र दुखी पनि बनायोः     
 
श्रीदेवीको अन्तिम फोटो  

श्रीदेवीको निधनपछिको अन्तिम फोटोले धेरैलाई भावुक बनायो । उनको अन्तिम संस्कारको लागि बेहुलीजस्तै बनाएर सजाइएको थियो । निधारमा रातो टिका, रातो सारी जस्ता पहिरनमा सजाइएको उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त तस्बिर एएनआई न्यूज एजेन्सीले जारी गरेको थियो । 

ऐश्वर्या राय र उनकी छोरी आराध्याको ‘लिप किस’

ऐश्वर्या राय र उनकी छोरी आराध्याबीच भएको ‘लिप किस’को तस्बिरले सामाजिक सञ्जालमा ठूलै चर्चा बटुल्यो । उक्त तस्विरलाई ‘ट्रोल’को रुपमा पनि प्रयोग गरियो । कान्स फेस्टिवलमा खिचिएको उक्त तस्बिरलाई धेरैले मन पनि पराए ।  
 
सनी लियोनकी छोरी र श्रीमान्सँगको ‘न्यूड फोटो’

धर्म छोरीको रुपमा स्वीकार गरेकी छोरी र श्रीमान्सँग खिचिएको न्यूड फोटोले सनीलाई सामाजिक सञ्जालमा गाली गरियो । र फोटोप्रति आपत्ति पनि जनाएका थिए । 
 
जेलमा सलमान खान

जोधपुर जेलमा सलमान खानको बसेको शैलीलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा भयो । जोधपुरको सीजीएम अदालतको सुनुवाईपछि उनलाई सेन्ट्रल जेल लगियो त्यहाँ उनको बसाईको रवाफले धेरैको ध्यान तानेको थियो । 
 
दीपिका पादुकोण र रणवीर सिंहको बिहे 

बलिउडमा २०१८ मा धेरैको ध्यान तानेको तस्बिर दीपिका–रणवीर बिहेको हो । उनीहरुको बिहेको दिन कुनै पनि तस्बिर सार्वजनिक भएको थिएन त्यसकारण पनि धेरैले उक्त तस्बिर हेर्नको लागि आतुर थिए । बिहेको केहि दिनपछि सामाजिक सञ्जालमा बाहिरिएको तस्बिरले थुप्रै मानिसको ध्यान तान्न सफल बन्यो ।  
 
प्रियंका चोपडा र निक जोनसको क्रिश्चियन बिहे 

बलिउडमा यो वर्षको दोस्रो चर्चित बिहे भने अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको बिहे हो । हिन्दु र क्रिश्चियन दुवै परम्पराअनुसार बिहे गरेका प्रियंका–निकको क्रिश्चियन बिहेको तस्बिर भाइरल भयो । 

सोनाली बेन्द्रे  

क्यान्सर लागेपछि अमेरिकाको न्यूयोर्कमा उपचार गराएर भारत फर्केकी अभिनेत्री सोनालीको क्यान्सर लागेर कपाल खुलिएको तस्बिर निकै पीडादायी छ । उनको यो तस्बिरले पनि धेरै मानिसको मन, मुटु छोएको थियो । 
 
 इरफान खान 

इन्डोक्राइन ट्युमर रोगबाट पीडित इरफान लण्डनमा उपचारारत छन् । उनलाई यो रोग लागेपछि सामाजिक सञ्जालमा उनको तस्बिर छाएको थियो । बिरामी भइसकेपछि बाहिरिएको तस्बिरले उनीप्रति धेरैको ध्यान खिचिएको थियो । 
 
१५ अगस्टको तैमूरको फोटो  

अभिनेत्री करीना कपूर र सैफ अली खानको छोरा तैमूर सामाजिक सञ्जालमा प्रायः भाइरल भइरहन्छन् । तर २०१८ अगस्ट १५ मा तिरंगेसँगको उनको तस्बिर भाइरल भएको थियो । 
 
ऋषि कपूरको ‘ग्रे हेयर’

अभिनेता ऋषि कपूर पनि यतिबेला अमेरिकामा उपचारारत छन् । केहि दिनअघि भाइरल भएको उनको ग्रे हेयरको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा अनेक अफवाह फैलाइएको थियो । त्यसका जवाफमा उनले फिल्मको लागि कपालको रङ परिवर्तन गरेको स्पस्ट पारेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप