अङ्ग प्रदर्शनकै आडमा बलिउडमा टिकेका ५ अभिनेत्री
एजेन्सी – विश्वमै सफल मानिएको बलिउड उद्योगमा अभिनेता र अभिनेत्रीहरु पनि उत्तिकै प्रतिभाशाली छन् । उत्कृष्ट अभिनय शैलीका कारण समय समयमा संसारभरीनै तारिफ बटुलिरहेका हुन्छन् भारतीय कलाकारहरु ।
त्यसमा सुन्दरता र अभिनय क्षमताका कारण बलिउड अभिनेत्रीहरु सबैको नजरमा योग्य छन् तर बलिउडमा नै यस्ता केही अभिनेत्री छन् जो बोल्ड तस्बिर र भिडियोको कारण मात्र टिक्न सकिरहेका छन् । जोसँग अभिनय क्षमता भन्दा पनि पर्दामा देखिने उनीहरुको बोल्ड सीनका कारण मात्रै फिल्म चलिरहेको छ ।
उर्वशी रौतेला

सुन्दरताको विषयमा कोही भन्दा कम छैनन् उर्वशी रौतेला । सनी देओलसँग फिल्म ‘सिंह साहब दी ग्रेट’ बाट बलिउडमा डेब्यु गरेकी रौतेलाका पछिल्ला फिल्महरु परिवारसँग बसेर हेर्न सकिदैन । फिल्म ‘हेट स्टोरी– ४’ मा उनले दिएको दृश्यमा ‘बोल्डनेस’ को सीमा नाघेको छ ।
जरीन खान

बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘वीर’ बाट फिल्म क्षेत्रमा पाइला टेकेकी खानको उक्त फिल्म निकै चर्चित भयो । जुन फिल्म पारिवारिक फिल्म थियो । तर त्यसपछि उनले गरेका कुनै पनि फिल्म पारिवारिक रहेनन् ।
ईशा गुप्ता

सामाजिक सञ्जालमा बोल्ड तस्बिरकै कारण प्रायः चर्चामा आइरहने अभिनेत्री हुन् ईशा गुप्ता । उनले पहिलो फिल्ममा दिएको ‘हट’ सीनका कारण उनका पछिल्ला सालीन पात्रको रुपमा गरेको अभिनयलाई पनि दर्शकले स्वीकार गरेनन् । अहिले उनी बोल्ड फोटोशुटमै लिप्त छिन् ।
अमीषा पटेल

करियरको सुरुवातमा उनका फिल्महरु सफल भए । उनी पनि सफल अभिनेत्रीको रुपमा परिचित भइन् । तर विस्तारै फिल्म चल्न छोडेपछि उनले अंग प्रदर्शनको साहारा लिइन् तर उनलाई त्यो उपायले पनि साथ दिन सकेन
सनी लियोन

बलिउडमा प्रवेश गर्नुअघि ‘पोर्न स्टार’ रहेकी उनको परिचय नै खराब थियो । उनलाई आइटम गीतमा धेरै काम गराइयो र मुख्य भूमिकामा कम । उनलाई बलिउडमा फिल्म चलाउनकै लागि मात्र प्रयोग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
-
प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण