विवाह बन्धनमा बाँधिइन् अमेरिकन ‘पप स्टार’ माइली साइरस
बिहीबार, १२ पुस २०७५, ११ : २१
एजेन्सी – अमेरिकन ‘पप स्टार’ माइली साइरसले अष्ट्रेलियन अभिनेता लियाम हेम्सवर्थसँग विवाह बन्धनमा बाँधिएको स्वीकार गरेकी छिन् ।
आइतबार सामाजिक सञ्जाल ट्वीटरमा तस्बिर सार्वजनिक भएपछि उनको विवाह भएको कुरा बाहिरिएको हो ।

एक दशकअघि फिल्म ‘द लास्ट सङ’ बाट नजिकिएका साइरस र लियामले परिवार र नजिकका साथीभाईको उपस्थितीमा विवाह गरेको बीबीसीले जनाएको छ ।
गत नोभेम्बरमा क्यालिफोर्नियामा आगलागीमा घर गुमाएकी माइलीले आफ्नो नयाँ घरमा विवाह गरेकी हुन् ।
सन् २०१२ मा इन्गेजमेन्ट गरेका यी दुईको सम्बन्धमा खटपट आएको र अलग भएको समाचार बाहिरिएको थियो फेरि पछि २०१५ मा दुवै एकसाथ देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
-
प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण