मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रोहित शेट्टीको फिल्ममा काम माग्न साराले गरेकी थिइन् यस्ता हर्कत

शुक्रबार, १३ पुस २०७५, १० : ४३
शुक्रबार, १३ पुस २०७५

एजेन्सी । बलिउड अभिनेत्री साराले हात जोडेर फिल्ममा काम मागेको बताएकी छिन् । उनले फिल्म निर्माता तथा निर्देशक रोहित शेट्टीसँग उनको फिल्ममा काम माग्न अनेक हर्कत गरेको बताएकी हुन् । 

फिल्म ‘सिंंबा’ को प्रमोशनको क्रममा यो फिल्मको लागि धेरै पापड बेल्न परेको बताएकी छिन् । उनले सुरुमा फिल्म दिलाइदिन रोहित शेट्टीलाई बारम्बार म्यासेज गरे पनि कुनै जवाफ नआएको उल्लेख गर्दै धेरै म्यासेज गरेपछि रोहितले भेट्न बोलाएको बताइन् । 

उनले फिल्मका लागि सुपरहिरो रोहित शेट्टी र रणवीर सिंहसँग काम गर्न पाउँदा निकै गर्वको महशुष भएको भन्दै उनले भनिन्, ‘मैले आफूलाई भाग्यमानी ठानेकी छु । यो ‘सिंबा’ मेरो दोस्रो फिल्म हो । पहिलो फिल्म ‘केदारनाथ’ मा मैले धेरै उतार चढाव देखे, त्यतिवेला कसैलाई थाहा थिएन अब के हुन्छ भनेर तर पनि म त्यही नै बेला फिल्म माग्न गए । मैले बारम्बार रोहित सरलाई म्यासेज गरेकी थिए । त्यसको केहि समयपछि म्यासेजको जवाफमा उहाँले भेट्न बोलाउनुभयो ।’ 

उनले अगाडि भनिन्, ‘ एक दिन म सरासर उहाँको अफिस गएँ । उहाँले सायद कल्पना पनि गर्नुभएको थिएन होला कि म एक्लै आउँछु भनेर । म उहाँको म्यानेजमेन्टसँग नभेटी, मेरी मम्मीलाई नलिई सिधा सेतो रङको कुर्ता सुरुवालमा एकदमै सरल भएर गएकी थिए । मैले वास्तवमै उहाँको अगाडि हात जोडेर काम मागेँ ।’

सारा अली खान र रणवीर सिंह अभिनित फिल्म ‘सिंबा’ २८ डिसेम्बर प्रदर्शनमा आउने छ । यस फिल्मका निर्देशक रोहित शेट्टी हुन् । फिल्ममा सोनू सूद, वृजेश हिरजे, प्रकाश राज र आशुतोष राणाको मुख्य भूमिका रहेको छ । 

बलिउड अभिनेता सैफ अली खानकी छोरी सारा अली खान अभिनित फिल्म ‘केदारनाथ’ अहिले विश्वभरीकै विभिन्न हल–हलमा चलिरहेको छ । 

 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप