अम्बानीले दिनेजस्तो पार्टीको अनुभवका लागि सुपरमोडलले राखिन् नक्कली पार्टी, अमिताभ–ऐश्वर्याको मुखौटा लगाएर पुगे पाहुना
हालै पाकिस्तानकी सुपरमोडल आलिया जैदीले कराँचीमा अम्बानी थिममा एक नक्कली पार्टीको आयोजना गरिन् । उक्त पार्टीमा फिल्मका चर्चित सेलिब्रिटी र महँगा गहना लगाएका पाहुना त देखिएनन् तर अभिनेताको मास्क र नक्कली हिराका हार लगाएका मानिसहरुको भने पक्कै उपस्थिती रह्यो ।
आलियाका अनुसार मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाहबारे पाकिस्तानमा अत्यधिक चर्चा भएकाले आफूले पनि त्यस्तै पार्टी आयोजना गर्न चाहेको बताइन् ।
आलियाले आफ्नी साथी एवं मोडल फ्रेहा अल्ताफलाई बियोन्सेजस्तो पहिरन लगाएर प्रस्तुती दिन बोलाइन् । आलियाका अनुसार यसको उद्देश्य बिजनेस टाइकूनको खर्चसँग प्रतिस्पर्धा गर्नु नभई एउटा ठूलो पार्टीको अनुभव लिनु थियो । सोसल मिडियामा सेयर भएपछि पार्टीको फोटोबारे निकै चर्चा भइरहेको छ ।
नक्कली नाम दिइयोः
पार्टीलाई भव्य बनाउनका लागि कार्यक्रम स्थलमा केही स्थानलाई नक्कली नाम दिइयो । कार्यक्रम स्थलबाहिर बोर्डमा लेखिएको थियो, १० करोड डलरको पार्टी । यस्तै, एउटा बोर्डमा लेखिएको थियो – २६ क्यारेट सुनको पर्खाल । यसका साथै पुतलीको हात्तीलाई पार्टीमा आएको दुई करोड डलरको हात्ती बताइयो । यसबारे आलियाले भनिन्, ‘मानिसहरुले नाम पढेर नै महँगो पार्टीको महसुस गर्न सकून् भन्ने उद्देश्यसहित यस्तो गरिएको हो ।’
अमिताभको मास्क लगाएर पुगे फेशन काउन्सिलका अध्यक्षः
पार्टीमा पाकिस्तानका टेलिभिजन जगतका विभिन्न व्यक्तिको उपस्थिती रह्यो । पाक फेशन काउन्सिलका अध्यक्ष एवं डिजाइनर दीपक परवानी अमिताभ बच्चनको मास्क लगाएर उपस्थित भए । एक महिलाले ऐश्वर्याको मास्क लगाएकी थिइन् । यस्तै अन्य थुप्रै बलिउड स्टार्सको मास्क लगाएका मानिसहरुको उपस्थिती रह्यो । उनी भन्छिन्, ‘भारत र पाकिस्तानको परम्परा, संस्कृति, शौख र संगीतमा निकै समानता छ । अम्बानीजस्तै पाकिस्तानमा पनि विवाह थुप्रै दिनसम्म चल्छ । यो पाकिस्तानीका लागि आफूलाई मनपर्ने कलाकार हेर्दा कस्तो अनुभव हुन्छ भन्ने महसुस गर्ने एउटा मौका थियो ।’



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण