अनुपम खेरसहित १४ जना विरुद्ध अदालतले दियो एफआईआरको आदेश
फिल्म ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ का कारण अभिनेता अनुपम खेरको समस्या बढेको छ । याचिकामाथि सुनुवाई गर्दै बिहारको एक अदालतले अनुपमलगायत अन्य १३ जनाविरुद्ध एफआईआर दर्ता गराउने आदेश दियो । अनुपमले फिल्ममा पूर्व प्रधानमन्त्री मनमोहन सिंहको भूमिका निभाएका छन् । फिल्मको ट्रेलर रिलिज भएपछि फिल्म विवादमा तानिएको छ ।
गुगल, युट्युबबाट ट्रेलर हटाउने मागः
दिल्ली हाइकोर्टमा पनि ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ विरुद्ध याचिका दर्ता गरियो । यसमा ट्रेलरले आइपीसीको धारा ४१६ को उल्लंघन गरेको बताइएको छ । यसअनुसार कुनै जीवित व्यक्तिजस्तै देखिने अर्का व्यक्ति बनाउने अनुमती छैन । ट्रेलरलाई गुगल, युट्युब र इन्टरनेटबाट हटाउने माग गरिएको छ ।
अदालतले दिल्लीकी फेशन डिजाइनर पूजा महाजनको याचिका सोमबार हाइकोर्टले खारेज गरेका थियो । जस्टिस विभु बखरुले उनलाई डिभिजनल बेन्चमा जनहित याचिका लगाउने सल्लाह दिएका थिए ।
ट्रेलरमा मनमोहनको जीवनमा उतार–चढावः
फिल्म मनमोहन सिंहमा आधारित छ । ट्रेलरमा उनी प्रधानमन्त्री भएपछि जिन्दगीमा आएको उतारचढाव देखाइएको छ । सोनिया गान्धीको भूमिका जर्मन नायिका सुजेन बर्नेट र राहुलको भूमिकामा अर्जुन माथुर देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण