परेश रावलका छोरा अनुराग कश्यपको यो फिल्ममार्फत बलिउडमा पाइला टेक्दै
सन् २०१९ मा विभिन्न स्टार किड्सले बलिउडमा डेब्यू गर्दैछन् । यसैमा परेश रावलका छोरा आदित्य रावलको पनि नाम जोडिएको छ । आदित्य, अनुराग कश्यपको को–प्रोडक्सनमा बन्न लागेको फिल्म बम्फाडमार्फत बलिउडमा कदम राख्नेछन् । यो फिल्ममा उनको अपोजिट शालिनी पाण्डे देखिनेछिन् ।
एक महिनाको वर्कशपः
अनुरागले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा आदित्यका आमा–बुवाको पृष्ठभूमी फिल्मी बताउँदै उनलाई फिल्ममा कास्ट गर्नुअघि एक महिनाको मात्रै वर्कशप राखिएको जानकारी दिए । यस्तै, मुख्य नायिकाको रुपमा शालिनीको यो पहिलो हिन्दी फिल्म हुनेछ ।
अनुरागले फिल्मको अचम्मको टाइटलबारे बताउँदै यसले फिल्मका पात्रबारे जानकारी दिएको बताए । उनले भने, ‘यो नर्थ इन्डियामा प्रयोग गरिने एक शब्द हो जसका अर्थ बिस्फोट गर्ने तत्व हो । फिल्मको निर्देशन रंजन चन्देलले गरिरहेका छन् । यस्तै, प्रोडक्सनमा अजय राय, प्रदीप कुमार र एलनको नाम पनि समावेश छ ।
आदित्यले भनेका थिए पितासँग तुलना नगरः
सन् २०१६ मा दिएको एक अन्तर्वार्तामा आदित्य रावलले आफूलाई पितासँग तुलना नगरिदिन आग्रह गरेका थिए । उनले भनेका थिए, ‘मेरा आमा–बुवा उत्कृष्ट अभिनेता हुन् तर यदि तपाईंहरुले ममा उहाँहरुको अभिनय कला खोज्नुहुन्छ भने पाउनुहुन्छ । म जे गर्छु, त्यसमा पूरा रमाएर गर्ने कोसिस गर्छु । त्योभन्दा बढी मेरो हातमा अरु केही छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
-
नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न
-
एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात २७ प्रतिशतले वृद्धि
-
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण