शाहिद कपुरको फिल्मको सुटिङको क्रममा एक युवकको मृत्यु
यतिबेला नायक शाहिद कपुरको फिल्म ‘कबिर सिंह’ को सुटिङ मसुरीको एक होटलमा भइरहेको छ । खबरका अनुसार यो फिल्मको सुटिङको क्रममा एक जेनेरेटर अपरेटरको मृत्यु भएको छ ।
भारतीय मिडियाका अनुसार मृतक फिल्मको सेटमा जेनेरेटर बनाइरहेका थिए । त्यति नै बेला उनले लगाइरहेको गलबन्दी जेनेरेटरको फ्यानमा अड्कियो जसका कारण उनको टाउको फ्यानमा ठोक्कियो । मृतकको टाउकोमा गम्भीर चोट आएको थियो जसका कारण उनलाई देहरादूनको अस्पताल पुर्याइयो जहाँ उनको मृत्यु भयो ।
मृतकको पहिचान मुजफ्फरनगरको किनोनी गाउँका ३५ वर्षे राम कुमारको रुपमा भएको छ । यसबारे जानकारी दिँदै निरज कठैत भन्छन्, ‘मृतकको परिवारलाई घटनाबारे जानकारी दिइएको छ र शुक्रबार पोष्टमार्टम गरिनेछ ।’ यो घटनापछि फिल्मको सुटिङ रोकिएको छ ।
यो फिल्म तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को रिमेक हो र यसमा शाहिखका साथै कियारा आडवाणी मुख्य भूमिकामा हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
-
नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न
-
एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात २७ प्रतिशतले वृद्धि
-
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण