मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

मणिकर्णिकाः निर्देशकको आरोप, ‘कंगना सबैकुरा आफैं गर्न चाहन्थिन्, काटिदिइन् सबैको सीन’

आइतबार, १३ माघ २०७५, १२ : ४०
आइतबार, १३ माघ २०७५

फिल्म मणिकर्णिकालाई सबैले रुचाइरहेका छन् तर कंगना रनौत र फिल्मका सह–निर्देशक क्रिशबीचको विवाद खुल्ला रुपमा सार्वजनिक भएको छ । क्रिशले कंगनालाई फिल्ममा हाबी हुन चाहेको आरोप लगाए । उनले भनिन्, ‘उनी कुनै अन्य भूमिकालाई फिल्ममा हाबी भएको हेर्न चाहन्नथिन् त्यसकारण उनले अरु पात्रहरुको भूमिका छोटो बनाइदिइन् । यहाँसम्म कि सोनू सुदको भूमिका सय मिनेटबाट ६० मिनेट बनाइदिएकी थिइन् जसका कारण उनले फिल्म नै छोडिदिए ।’

क्रिशले भारतीय मिडियासँगको एक अन्तर्वार्तामा भने, ‘फिल्म जूनमा पूरा एडिट भएको थियो । डबिङ पनि कंगनाको पात्रको छोडेर सबैको पूरा भएको थियो । कंगना लण्डनमा ‘मेन्टल हे क्या’ को सुटिङ गरिरहेकी थिइन् । जब उनी फिर्ता भइन् तब उनले फिल्म आफूलाई मन परेको बताइन् तर उनी यसमा स–साना परिवर्तन चाहन्थिन् । त्यसको केही दिन पछि उनले यसको भूमिका धेरै छ, उसको धेरै छ, यी युवतीको दमदार छ उसको छैन, यो परिवर्तन गराउनु पर्यो त्यो पनि गर्नुपर्यो भनेर किचकिच गर्न थालिन् । उनले निर्मातालाई नै फिल्म मन नपरेको बताउन थालिन् । ’

उनले थपे, ‘निर्देशक केही भागको पुनः सुटिङ गर्न  राजी भए जसमा ६ दिन अतिरिक्त समय लाग्ने भएको थियो, यसमा कंगनाको आवश्यकता थिएन । उनले प्रसून जोशीसँग के गर्ने भनेर सल्लाह लिए । त्यसपछि कंगनाले अचानक सोनूको पात्र सदाशिव रावलाई मध्यान्तरमा नै मार्न जिद्दी गर्न थालिन् जुन इतिहास विरुद्ध थियो ।’

क्रिशका अनुसार जब यो कुरा निर्माता कमल जैनलाई थाहा भयो तब उनले फिल्मलाई जे हित हुन्छ त्यो गर भन्दै कंगनाको पक्ष लिए । जब क्रिशले यो भागको निर्देशन गर्न अस्विकार गरे तब कमल जैनले यसलाई कंगनाले निर्देशन गरिदिने बताए ।

क्रिशका अनुसार सोनू सूदको भूमिका कंगनाले सय मिनेटबाट ६० मिनेट गराइदिए । जबकी उनले ३५ दिनको सुटिङ गरिसकेका थिए । उनको अन्य भूमिका पनि कंगनाले काटेर सानो बनाइदिइन् ।

मणिकर्णिका यो शुक्रबार रिलिज भयो । फिल्मले पहिलो दिन नै ९ करोड भारु कमाइ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप