साराले भनिन्, ‘पहिलो कुरा त म मोटी थिएँ, दोस्रो कुरा भने ....’
नयाँ फिल्म ‘सिम्बा’ को सफलताको आनन्द लिइरहेकी अभिनेत्री सारा अली खानले आफूले पहिले देखि नै अभिनय गर्ने सपना देख्ने गरेको बताएकी छिन् तर अत्यधिक पढन्ते भएकाले उनको मन परिवर्तन भइरहेको पनि जानकारी दिइन् ।
के क्यामरा अघि आउनु उनको करियरको पहिलो रोजाइ थियो ?
साराले आइतबार ग्लोबल इन्डियन इन्टरनेशनल स्कूलको एक लिडरशीप लेक्चर सिरिजमा भनिन्, ‘जब मैले १० कक्षाको पढाई पूरा गरेँ तब म मेडिकल फिल्डमा जाने सोच बनाएँ । तर मैले सोचिहालेँ कि म कसैको शल्यक्रिया गर्न सक्दिनँ । त्यसकारण मैले कानून पढ्ने निर्णय गरो र इतिहास र राजनीति विज्ञानको अध्ययन गरेँ । तर अन्तिम वर्षमा मैले एक्टिङ पढेँ ।’
२५ वर्षीया अभिनेत्रीले भनिन् कि उनी सधैं पढन्ते रहिन् ।
आफ्नाबारे जानकारी दिँदै उनले भनिन्, ‘मलाई आज पनि पढ्न निकै मनपर्छ र लगभग हरेक विषयको अध्ययन गरिसकेकी छु । मैले कोलम्बियाजस्ता विश्वविद्यालय र न्यूयोर्कजस्ता शहरको आनन्द लिइसकेकी छु तर रंगमञ्चमा काम गरेका बेला मैले जुन हडबडी महसुस गरेँ, त्यो कहिले पनि भएको थिएन ।’
साराका अनुसार उनकी आमाले सधैं उनीबाट किताब खोस्ने गर्थिन् ।
उनले भनिन्, ‘अभिनय गर्ने मेरो पहिलेदेखिको सपना थियो तरपनि म यसबाट टाढै रहेँ । पहिलो कुरा त मोटी थिएँ र दोस्रो कुरा म अत्यन्तै पढन्ते थिएँ र यसको अर्थ थियो कि मैले अभिनय गर्नु हुँदैन । त्यसकारण म पढिरहन्थेँ । मैले पढेको पढ्यै गरेको देखेर मेरी आमाले मबाट किताबसमेत खोस्नुहुन्थ्यो । उहाँले यति धेरै पढेको पनि राम्रो होइन भन्नुहुन्थ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
-
नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न
-
एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात २७ प्रतिशतले वृद्धि
-
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
-
युनाइटेड सिमेन्ट्सद्वारा धुनिवेशीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ स्थानीय लाभान्वित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण