मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

भाइ तुषार कपुरको पाइला पछ्याउँदै एकता कपुर, विवाहै नगरी बनिन् आमा

बिहीबार, १७ माघ २०७५, ११ : ३७
बिहीबार, १७ माघ २०७५

टेलिभिजन र बलिउड फिल्म निर्माता एकता कपुरले छोरालाई जन्म दिएकी छिन् । उनले २७ जनवरीमा सेरोगेसीमार्फत् छोरा जन्माएकी हुन् ।

मुम्बई मिररको रिपोर्ट अनुसार एकताका छोरा स्वस्थ छन् र उनलाई चाँडै नै घरमा ल्याइनेछ । तीन वर्षअघि एकताका भाइ तुषार कपुरको घरमा पनि छोराको जन्म भएको थियो । तुषारका छोरा पनि सरोगेसीमार्फत जन्मिएका थिए ।

हालै, उनले आफ्नो वेबसिरिज अपहरणको प्रोमोशनको क्रममा उनले विवाहबारे आफ्ना विचार राखेका थिए । उनले राम्रो व्यक्ति पाउने बित्तिकै विवाह गरिहाल्ने बताएकी थिइन् । उनले राम्रो व्यक्तिको कमी भएको पनि बताएकी थिइन् ।

एकताका अनुसार उनले विवाहको दबाबबाट बच्नका लागि फिल्मी क्षेत्रमा होमिएको बताइन् । र यही काम उनको प्यासन बनेको पनि जानकारी दिइन् । सिरियल ‘हम पाँच’ बाट आफ्नो करियरको सुरुवात गर्ने एकता भारतकी सबैभन्दा व्यस्त निर्मात्री हुन् । थुप्रै स्ट्रिमिङ प्लेटफर्म र टेलिभिजन च्यानलमा उनको नयाँ कार्यक्रम प्रशारित भइरहेको छ । एकताले विभिन्न फिल्म पनि निर्माण गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप