अन्तरिक्षमा व्यागजस्तो अनौठो वस्तु
जमीनको सतहभन्दा ६०० किलोमिटरमाथि, अन्तरिक्षमा फोहोर फ्याँक्ने रित्तो प्लाष्टिक व्याग जस्तो वस्तुले पृथ्वीलाई परिक्रमा गरिरहेको देखेर अन्तरिक्ष वैज्ञानिकहरु तीनछक्क परेका छन् ।
न्यूयोर्क पोष्टमा जनवरी ३०, २०१९ मा छापिएको सो खबरअनुसार, उक्त व्याग अमेरिकाको हवाइराज्यको हालेकालास्थिति एस्टेरोइड टेरेस्ट्रियल–इम्प्याक्ट लास्ट एलर्ट सिस्टम ९ब्त्ीब्क्० टेलिस्कोपले पत्ता लगाएको हो ।
वैज्ञानिकहरुले उक्त वस्तु कुनै रकेटको अवशेषस्वरुप रहेको आल्मुनियम फ्वाइलको टुक्रा हुन सक्ने अनुमान गरेका छन् ।
रोचक कुरा त के छ भने, उक्त वस्तुले पृथ्वीको परिक्रमा उल्टो दिशामा गरिरहेको छ । सामान्यतः त्यस्तो परिक्रमा पश्चिमबाट पूर्वको दिशातिर हुने गर्छ ।
झन रमाइलो कुरा त के छ भने, त्यो वस्तुको आकार १२ फिटभन्दा लामो छ तर त्यसको तौल चाहिँ २ पौण्ड अर्थात् ९०७ ग्राम मात्र रहेको छ ।
वैज्ञानिकहरुले त्यस अनौठो वस्तुलाई इम्प्टी ट्रयास व्याग अब्जेक्ट (Empty Trash Bag Objects —ETBOs) मानेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण