मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

अनिल कपुरले दिए आफ्नो रोगबारे जानकारी, उपचारका लागि जर्मनी जाँदै

आइतबार, २० माघ २०७५, १२ : ०७
आइतबार, २० माघ २०७५

बलिउड स्टार अनिल कपुर बलिउडका सबैभन्दा फिट स्टारमध्ये एक हुन् । आजका युवा स्टार उनीसँग फिट हुने प्रेरणा लिन्छन् ।

आजकाल अनिल कपुर ‘एक लडकी को देखा तो ऐसा लगा’ को प्रोमोशनमा जुटिरहेका छन् । तर यति नै बेला अनिल कपुरले आफ्नो रोगबारे खुलासा गरेका छन् ।

खबरका अनुसार ६२ वर्षे अनिल कपुरले हालै फिल्म प्रोमोशनको क्रममा उनी आफ्नो स्टन्ट आफैंले गर्ने र यस्तो गर्न निकै राम्रो लाग्ने बताए । यद्यपी, यसमा केही जोखिमसमेत भएको उनले स्विकारे ।

यो क्रममा उनले आफू आजकाल आफ्नो दायाँ काँधमा क्ल्याल्सिफिकेशनको समस्याबाट गुज्रिरहेको बताए । यसको उपचारका लागि उनी अप्रिलमा जर्मनी जाने पनि जानकारी दिए ।

उनका अनुसार क्याल्सिफिकेशनका कारण उनको दायाँ काँधका केही तन्तु प्रभावित भएका छन् तर स्थिती चिन्ताग्रस्त नभएको बताएका छन् । उनले भने, ‘म यस्ता कुरासँग डराउने मान्छे होइन । म योभन्दा निकै अघि जानुछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप