कसरी भयो रानी र ऐश्वर्याबीच दुश्मनी, जो एक अर्काका ‘बेस्टफ्रेण्ड’ थिए
मुम्बई – बलिउडका लोकप्रिय नायिकामध्येमा पर्छन्, ऐश्वर्या राय बच्चन र रानी मुखर्जी । कुनै समयका अत्यन्तै लोकप्रियता कमाएका यी दुवैको सुन्दरता अझै पनि उस्तै छ । विश्व सुन्दरीको ताज पहिरिएकी ऐश्वर्या र विभिन्न फिल्ममार्फत निकै माया पाएकी रानीबीच प्रगाढ सम्बन्ध थियो । यी दुई एक अर्काका असल र नजिककमा साथी थिए ।
तर समयसँगै यी दुईको बीचमा टकराव आयो । एक अर्कालाई माया र सम्मान गर्ने रानी र ऐश्वर्या एक अर्काका दुश्मन बने । दुश्मनीले यस्तो रुप लियो कि यी दुईले आफ्नो बिहेमा एक अर्कालाई निम्तो दिन नै उचित ठानेनन् । भारतीय मिडियामा उल्लेख भएअनुसार यी दुईको साथीत्व टुट्नुमा शाहरुख खानको फिल्म ‘चलते चलते’ हो ।
फिल्मको सुरुवाती चरणमा ऐश्वर्यालाई लिइएको थियो । तर शाहरुखले ऐश्वर्याको ठाउँमा रानीलाई प्रवेश गराए । यसको पछाडिको कारण थियो सलमान र ऐश्वर्याको झगडा । फिल्मको सुटिङ चल्दाचल्दै सलमान र ऐश्वर्याको ब्रेकअप भयो जसको कारण सलमानले फिल्मको सेटमा नै निकै हङ्गामा मच्चाएका थिए । फिल्म सुटिङमा कोहि कसैको अवरोध नहोस् भन्ने उद्देश्यका साथ शाहरुखले ऐश्वर्यालाई हटाएर रानीलाई राखे ।
यता, अभिषेक र रानीले ‘युवा’, ‘बन्टी और बबली’, र ‘कभी अलविदा न कहना’ जस्ता फिल्ममा सँगसँगै काम गरेपछि यी दुईको अफेयरको चर्चा चलेको थियो । अमिताभले रानीलाई मन पराएका कारण यी दुईको इन्गेजमेन्टसमेत भएको तर जयाको कारण ब्रेकअफ भयो । त्यसलगत्तै ऐश्वर्या र अभिषेकको विहेको चर्चा चल्यो । र ऐश्वर्याले उनको बिहेमा रानीलाई बोलाइनन् । ऐश्वर्याले बिहेमा नबोलाएपछि रानीले एक सार्वजनिक कार्यक्रममा अभिषेक आफ्नो को–स्टार मात्र भएको र उनीसँगको सम्बन्ध फिल्म सेटमा मात्र भएको बताइन् । उनले बिहेमा समेत बोलाउन नचाहानु भनेको उक्त व्यक्ति कति धेरै असन्तुष्ट थिइन् भन्ने झल्किन्छ ।
पछि रानीले आदित्य चोपडासँग बिहे गरिन् । उनले पनि आफ्नो बिहेमा ऐश्वर्यालाई बोलाइनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता
-
राष्ट्रिय गौरवका आयोजना घटाउन आयोगको प्रस्ताव : कुन आयोजनाको प्रगति कति?
-
केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित
-
नयाँ सार्वजनिक खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्ने निर्देशन
-
प्रख्यात अभिनेता साम निलको निधन
-
स्वर्णिम वाग्लेको भूमिकालाई लिएर बालेन असन्तुष्ट, यी मन्त्रीको कार्यसम्पादनमा रविको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण