वाह ! क्या सुन्दर हेलम्बु (फोटोफिचर)
सिन्धुपाल्चोकको हेलम्बु रमणीय पर्यटकीय गन्तव्य हो । सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा रहेको हेलम्बु तिब्बतसँग जोडिएको छ ।
हेल्मो*हरुको बसोबास रहेको यहाँ चिसो हावापानी पाइन्छ भने नजिकैबाट मनोरम हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । शेर्पा संस्कृति, अनगिन्ति बौद्ध स्तुपा तथा गुम्बाहरु रहेको यो क्षेत्र धार्मिक हिसावले पनि महत्वपूर्ण रहेको छ ।
२०७२ सालको भूकम्पअघि उल्लेख्य मात्रामा ट्रेकिङका लागि पर्यटकहरु जाने हेलम्बुमा अहिले भने केही कमी आएको छ । हेलम्बुको तिम्बु, शेर्माथान, ह्याङलुङ्ग, तार्केघ्याङ, मेलम्चीघ्याङ पर्यटकीय आकर्षण बोकेका स्थान हुन् ।
पछिल्लो समय विस्तारै पर्यटकको संख्या बढ्दै गएको स्थानीय बताउँछन् ।
हेलम्बु जानका लागि दुई विकल्पहरु रहेका छन् । एउटा काठमाडौँबाट मेलम्ची हुँदै सिधै बसमा जान सकिन्छ भने अर्को सुन्दरीजलबाट ट्रेकिङ रुटबाट पैदल जान सकिन्छ । सुन्दरीजलबाट थारेपाटी, गोसाईकुण्ड हुँदै हेलम्बुसम्म ३ दिनको ट्रेकिङ रुट रहेको छ ।
सफा गाँउघर, आग्रानिक खानेकुरा, शेर्पाहरुको न्यानो आतिथ्य सत्कार, हिमाल तथा पहाडि भूभागको सुन्दर मनोरम दृश्य हेलम्बुका विशेषता हुन् । पहिले–पहिले अत्याधिक रुपमा स्याउ फल्ने गरेको यहाँ पछिल्लो समय स्याउ फल्न छोडेको छ भने स्थानीयहरुले किवी खेती थालेका छन । भूकम्पले अधिकांश घरहरु ध्वस्त बनाएपनि पुनर्निर्माणको काम पनि तीब्र गतिमा हुँदैछ । बिस्तारै हेलम्बु पहिलेकै अवस्थामा फर्किदैछ ।
*सच्याइएको
हेर्नुहोस केही तस्विरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण