डिओ स्कुटरको नयाँ मोडेल "डिओ डिएलएक्स" बजारमा, मूल्य २ लाख ३ हजार
काठमाडौं– नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकृत बिक्रेता र ज्योति ग्रुपको एक अग्रणी कम्पनी स्याकार ट्रेडिङ्ग कम्पनिले नेपालमा सर्वाधिक बिक्री हुने डिओ स्कुटरको नयाँ मोडेल होण्डा डिओ डिएलएक्सलाई नेपाली बजारमा भित्र्याएको छ ।
समकालीन शहरी डिजाइनमा आधारित होण्डा डिओ डिएलएक्समा आकर्षक र स्टाईलिस लुक रहेको छ जसले आधुनिक स्कुटरहरुलाई पूर्णरुपमा रि–डिफाइन गर्न सफल भएकोे छ ।
उत्कृष्ट माइलेज भएको १०९ सिसी ईन्जिनको डिओ डिएलएक्समा चालकहरुको सहजताका लागि पूर्ण डिजिटल मिटरका साथै ईसीओ स्पिड इण्डिकेटर रहेको छ ।
सिट ओपनिङ स्विचका साथै फोर इन वान लक सिस्टम रहेको डिओ डिएलएक्समा अगाडि अवस्थित स्मार्ट सिट ओपनिङ स्विच र प्रशस्त अन्डर सिट स्टोरेजले स्कुटरलाई अझ बढी उपयोगी बनाएको छ ।
कम्बी ब्रेकिङ सिस्टम युक्त यस स्कुटरले ब्रेकिङ दूरी न्यूनतम गरी स्कुटरलाई नियन्त्रणमा राखी सुरक्षित यात्रा सुनिश्चित गर्दछ ।
विभिन्न विशेषताहरुले भरिपूर्ण यस होण्डा डिओ डिएलएक्समा अर्को मुख्य आकर्षक विशेषता भनेको सर्भिस ड्यू इण्डिकेटर हो ।
जसले नियमीत रुपमा सर्भिसिङ गर्नको लागि स्मरण गराउँछ । मोबाइल चार्जिङ सकेट सहित उपलब्ध यस नया डिओ डिएलएक्सको नेपाली मूल्य २,०३,९०० तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण