गल्ती गर्ने परीक्षक अन्याय भोग्ने परीक्षार्थी
माध्यमिक शिक्षा परीक्षा (एसईई)का उत्तरपुस्तिका परीक्षकले परीक्षार्थीको प्राप्ताङ्क जोड्न गल्ती गर्ने गरेको पाइएको छ । परीक्षा नियन्त्रण कार्यालयले गरेको अध्ययनबाट यस्तो तथ्य फेला परेको हो ।
अध्ययनले सबैभन्दा बढी गल्ती गर्ने व्यक्तिका रूपमा परीक्षकलाई ठह¥याएको छ । नतिजाप्रति चित्त नबुझाई पुनर्याेगका लागि आवेदन दिएका कतिपय परीक्षार्थीको प्राप्ताङ्क परिवर्तन हुने गरेको छ । प्राप्ताङ्क परिवर्तन भएकाका एक हजार २०४ वटा उत्तरपुस्तिकामाथि गरिएको अध्ययनले परीक्षकको गल्ती ६३ प्रतिशत रहेको औँल्याएको छ ।
सबैभन्दा बढी ४२ प्रतिशत गल्ती कभर पेजमा अङ्क चढाउन छुटेको पाइएको छ । अध्ययन गरिएका उत्तरपुस्तिकाको १८ प्रतिशतमा प्राप्ताङ्कको जोड नै गलत गरेको देखिएको छ । डिकोडिङ बिग्रिएको, झट्ट पढ्न नसकिने अङ्क, परीक्षण गर्न छुटेको, अङ्क यताउता पारी लेखिएको, सम्परीक्षकले गलत अङ्क लेखेको, इन्ट्री गलत गरेको लगायतका गल्ती देखिएका छन् । परीक्षकले गल्ती गर्ने प्रवृत्ति विगतदेखिकै हो ।
उनीहरूको लापरबाहीले गर्दा परीक्षार्थीहरू अन्यायमा पर्दै आएका छन् । पुनर्याेगका लागि आवेदन दिई नतिजा परिवर्तन भएकाहरूले न्याय पाए पनि नतिजाप्रति चित्त बुझाउनेहरूमाथि परीक्षकले अन्याय गर्दै आएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण