कलंकी–महाराजगन्ज सडक खण्डः यो वर्ष साइट क्लियर अर्को वर्षदेखि निर्माण
बुधबार, २५ असार २०७६, ०७ : ०७
सरकारले आगामी आर्थिक वर्षदेखि कलंकी–महाराजगन्ज सडक खण्डको अवरोध हटाएर विस्तार गर्ने भएको छ । अहिले चिनियाँ कम्पनीले उक्त खण्डको डिपिआर निर्माण गरिरहेको छ ।
सडक विभागको वैदेशिक समन्वय महाशाखा प्रमुख अर्जनुजंग कार्की चिनियाँ पक्षसँग छिट्टै वार्ता गरेर सडक विस्तार कार्यलाई अघि बढाउने तयारी भइरहेको बताउँछन् ।
‘चिनियाँ पक्षसँग केही हप्ताभित्रै वार्ता गर्ने तयारी गरिरहेका छौँ,’ उनले भने, ‘उनीहरुले तयार पारेको प्रारम्भिक डिपिआरमाथि छलफल गरेर आवश्यक निर्णय गर्नेछौँ ।’
महाशाखाले उक्त खण्डको ८.२ किलोमिटर सडकमा भएका घर, टहरा, बिजुलीका पोल, टेलिकम÷अन्य सेवा प्रदायक कम्पनीका पोल, खानेपानी, ढल तथा रुख हटाउने काम अघि बढाइएको जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण