जहाँ नेपाली नोट चल्न थाल्यो...
नरैनापुर गाउँपालिका ४ को वडा कार्यालयको ढोकैमा मोहम्मद असफाकको काठको घुम्ती पसलमा फोटोकपी पसल छ । सौर्य ऊर्जाबाट चल्ने प्रिन्टरबाट गरिने एक प्रति फोटोकपीको दररेट छ, ‘पाँच रुपैयाँ ।’ भन्छन्, ‘रेट पाँच आईसी हो। नेपाली आठ रुपैयाँ दिए पनि चल्छ।’वडा कार्यालयका सेवाग्राही उनका ग्राहक हुन् । उनीहरू अधिकांश भारुमै कारोबार गर्छन् । छेवैको चिया पसल, बिरयानी सेन्टर होस् वा पान पसल, कारोबार भारुमै हुन्छ ।
नरैनापुरमा नेपाली नोट चल्न थालेको धेरै भएको छैन। स्थानीय तहमा जनप्रतिनिधि आएपछि अलि बढी प्रयोगमा आयो । ०७४ सालमा गाउँमै बैंक खुलेपछि धेरैलाई हाम्रो नोट नेपाली भन्ने थाहा भयो । वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले पनि धेरैलाई पहिलोपटक नेपाली रुपैयाँ बोक्ने बानी बसाएको छ ।
गाउँमा नेपाली नोट कारोबार हुन थालेपछि बल्ल उनीहरूलाई आफू नेपाली भएको महसुस भएको छ ।
‘सुरुसुरुमा स्थानीयले बैंकलाई पत्याएनन् । विदेशबाट पैसा पठाउनेले एक हजार र पन्ध्र सय पठाएर चेक गर्थे’, शाखा प्रबन्धक खड्गप्रसाद देवकोटा भन्छन््, ‘अहिले त तीन लाख रुपैयाँसम्म पनि आउँछ । खाता खोलेका छन् । पैसा खातामै जम्मा हुन्छ । दैनिक २० देखि २५ वटा रेमिट्यान्सकै कारोबार हुन्छ ।’ बैंकले नेपाली नोट चलाउन सिकाएको छ । ‘डिपोजिट गर्न आउने धेरैले भारु ल्याउँथे । बैंकबाट नेपाली निकाल्दा भारु खोज्थे’, देवकोटाले भने, ‘ बैंकले नै उनीहरूलाई नेरुमा सहज बनाइदियो। अहिले त नेपाली सहजै रूपमा लिएर जान्छन् ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शंकरप्रसाद खनालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण