जब बाँदरले भातको थाल खोस्न थाले...
बाँदरलाई व्यवस्था गरिएकोे मकै मानिसले खाएपछि राजधानी काठमाडौँको कतिपय ठाउँमा बाँदरले मानिसका लागि पस्केको भातको थाल खोस्न थालेको छ । पशुपति वरपर ज्यादती गर्ने बाँदर कहिलेकाँही सहरका अन्य ठाउँमा पनि पस्ने गरेका छन् ।
बाँदरले मानिसका भान्सामा पसेर बबन्डर मच्चाउन थालेका छन् । बाँदरलाई कहिल्यै यसो गर्नु नपरोस् भनेर पृथ्वीनारायण शाहका कपरदार भोटू पाँडेले बाँदरका लागि मकै उब्जाउ गर्न राखेको काठमाडौँकै ३१ रोपनी रानीखेत अभिलेखमा मात्र सीमित भएपछि बाँदरलाई पनि भान्सामा पसेर मानिसको भातको थालै खोस्नुपर्ने अवस्था आएको छ ।
यो दृष्टान्त बाल विकास व्यवसायी केन्द्र सिफलमा आश्रित अनाथ र भूकम्पपीडित बालबालिकाले टड्कारो रूपमा भोगिरहेका छन् । यहाँ बालबालिकाले खान तयार भएको पस्किएकै थालको भात बाँदरले खोसेर हैरान गरिरहेको छ । लुगा सुकाउन पनि नपाइने अवस्था छ ।
जुत्तामोजा च्यातेर खोसेर हैरान गर्छ । ‘‘आनन्दपूर्वक खेल्नबस्न नै पाइँदैन, यसो खेल्यो बाँदर झम्टन आइपुग्छ,’’ आश्रमका बालबालिका हैरान हुँदै भन्छन् । रातमा जस्तामाथि बाँदर उफ्रेर बालबालिकाको निद्रा पनि पुग्दैन । व्यवसायी केन्द्रमा आवासीयतर्फ ५२ जना बालबालिका बस्दैआएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज आचार्यले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण