विचाराधीन मुद्दामा प्रेसलाई निषेधको तयारी
‘कुनै पनि तहका अदालतमा विचाराधीन मुद्दाको निर्णय, आदेश वा काम–कारबाहीमा प्रभाव पर्नेगरी कुनै समाचार, सूचना, टिप्पणी वा लेख–रचना प्रकाशन–प्रसारण गर्न पाइने छैन ।’
न्यायपालिकाको प्रस्तावित सूचना तथा सञ्चार नीतिमा यस्तो प्रावधान राखिएको छ । नीति संशोधन नगरी पारित भएमा सुन काण्डजस्ता तस्करी र पदीय दुरुपयोग गरी हुने भ्रष्टाचारजस्ता विषयमा कलम चलाएर प्रेस जगत्ले असल शासनका लागि खेल्दैआएको भूमिकामा असर पर्नेछ ।
सर्वोच्च अदालत परिसरमा रहेको रजिष्टारको कार्यालयले बिहीबार आयोजना गरेको राष्ट्रिय दैनिकका सम्पादकहरुको भेलामा सार्वजनिक गरेको प्रस्तावित नीतिपत्रमा सहभागीहरुको जिज्ञासा थियो, ‘यस प्रस्तावले नेपालको संविधान, २०७२ ले दिएको सूचनाको हकलाई कुण्ठित गर्दछ, त्यसैले प्रावधान सच्याउनु आवश्यक छ ।’
प्रस्तावित प्रावधानमा भनिएको छ, ‘न्याय सम्पादनसम्बन्धी काम–कारबाहीको सिलसिलामा गरेको कुनै निर्णय, आदेश वा काम–कारबाहीको विषयप्रति व्यक्तिगत स्वार्थ वा दुराग्रह राखी अदालत, न्यायाधीश, कानुन व्यवसायी वा कर्मचारीउपर व्यक्तिगत लाञ्छना लाग्ने वा न्यायपालिकाको विश्वसनीयतामा आँच आउने गरी कुनै समाचार, सूचना, टिप्पणी वा लेख–रचना प्रकाशन–प्रसारण गर्न पाइने छैन ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण