मध्यरातमा १३ दिने नवजात शिशु चोरेर दिल्लीतिर
बुधबार मध्यरात १३ दिने नवजात शिशु चोरी भयो । त्यही पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति कक्षबाटै । जब आमाले छोरो हराएको थाहा पाइन् तर हल्लीखल्ली मच्चियो ।
त्यसको तीन घण्टामै प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिई बच्चा आमाबुबाको जिम्मा लगाएको छ ।
सुनसरी भोक्राहा नर्सिङ–१ की बबिता मेहताले असार १३ मा छोरो जन्माएकी थिइन् । शल्यक्रिया गरी प्रसुति गराइएको थियो । स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाइृ अस्पतालमै राखिएको थियो ।
बुधबार बिहानसम्म उनका श्रीमान् दीपनारायण हेरचाहमा खटिएका थिए । राति भने भतिज रोशनलाई रेखदेखको जिम्मा लगाई उनी घर गएका थिए । बबिता र रोशन निदाएका बेला शिशु चोरी भएको हो ।
बिउँझिदा बच्चा नदेखेपछि बबिताले रोइकराइ गरेकी थिइन् । त्यसपछि प्रतिष्ठानका डाक्टर र नर्सले त्यसबारे चाल पाएका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रत्नप्रसाद आचार्यले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण