प्रदेश सरकारलाई एक वर्षमा २९ करोडका गाडी
मङ्गलबार, ३१ असार २०७६, ०६ : ५७
सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा २९ करोडभन्दा बढीका गाडी खरिद गरेको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास बजेट खर्च गर्न नसकेका प्रदेशले मन्त्री र कर्मचारीको सेवाका लागि भने करोडौँको गाडी खरिद गरेको हो ।
०७५/७६ मा ३० वटा लक्जरियस गाडी, ४८ वटा मोटरसाइकल, १६ वटा एम्बुलेन्स खरिद गरेको हो । जसमा प्रदेश सरकारले २९ करोड १९ लाख १६ हजार रुपैयाँ खर्च गरेको छ ।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्यमन्त्री त्रिलोचन भट्ट चढ्ने गाडीसहित ८ वटा पुरानै गाडी छन् । मुख्यमन्त्री भट्टले १ करोडभन्दा बढी पर्ने टोयटा कम्पनीको फरचुनर मोडेलको गाडी चढ्दै आएका छन् । यद्यपि, मन्त्रालयले थप नयाँ ८ वटा मोटरसाइकल र २ वटा गाडी खरिद गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा कैलाश जोशीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण