बाढीको वितण्डाः पशुसँगै सुत्छन् बाढीपीडित
रौतहटको दुर्गाभगवती गाउँपालिकाको सरस्वती मावि भलोहिया पुग्नुभयो भने तपाईंले विद्यार्थी देख्नुहुन्न । अहिले त्यहाँका कोठाचोटामा गाईबस्तु बाँधिएका छन् । बालबालिका पनि त्यतै कतै खेल्दै गरेका भेटिन्छन् । कुनै कोठामा कसैले खानाको तरखर गर्दै हुन्छन् त कसैले लालाबाला स्याहार्दै गरेका पनि भेटिन्छन् ।
यो दृश्यको एउटै कारण हो, बाढीको वितण्डा । गाउँपालिकाका १ देखि ५ सम्मका वडा सबै डुबानमा परेका छन् । पीडितमध्ये केहीले विद्यालयमा आश्रय लिएका छन् भने केहीले मन्दिर र आफन्तकहाँ बास मागेका छन् ।
पीडितहरु विद्यालयका डेस्कबेञ्च जोडेर सुत्छन् । यसबाट विशेषगरी वृद्धवृद्धालाई समस्या परेको छ । बालबालिकालाई पनि पीडा छ । त्यसमा पनि गाईवस्तुले गरेको फोहोरले बाढीपीडितमा महामारी लाग्ने हो कि भन्ने क्रास बढ्दो छ । विस्थापितको वासस्थान र पशु बाँध्ने ठाउँ एउटै भएकाले महामारीको डर बढेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा शिव पुरीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र जापानबिच ४१० मिलियन येन बराबरको अनुदान सम्झौता सम्पन्न
-
भक्तपुर क्यान्सर अस्पतालको रेडियोथेरापी उपकरण बिग्रिँदा बिरामी मारमा
-
लोकतन्त्रका लागि गोपालमान श्रेष्ठको योगदान सदा स्मरणीय रहनेछ : राष्ट्रपति पौडेल
-
भारतीय अनुदानमा बन्यो गुस्तल र प्रथमश्री महाविहार, १२ करोड लागतमा पुनर्निर्माण सम्पन्न
-
भोलि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा
-
सुनसरी घटनाबारे बोल्यो प्रधानमन्त्री कार्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण