सिद्धूको मन्त्री पदबाट राजीनामाको खबर सुनेर डराइन् अर्चना ? भनिन्, ‘मुटु ढुकढुक भएको थियो’
नवजोत सिंह सिद्घूले केही दिनअघि मन्त्री पदबाट राजीनामा दिएपछि उनी कपिल शर्मा शोमा फिर्ता हुनसक्ने अनुमान धेरैले गरेका थिए । राजीनामाको खबर पछि सिद्धूका प्रशंसक उनलाई कपिल शर्मा शोमा देख्न चाहन्छन् जसका कारण अर्चना पुरन सिंह आजकाल डराएकी छिन् । अर्चनाले यसबारे आफैं कपिल शर्मालाई बताएकी छिन् ।
शनिबार कपिलको कार्यक्रममा कंगना रनौतको उपस्थिती थियो उनी फिल्म ‘जजमेन्टल हे क्या’को प्रोमोशनका लागि पुगेकी थिइन् । कंगनाको कार्यक्रममा इन्ट्रि लगत्तै जज अर्चना पूरन सिंहले उनको तारिफ गर्दै दुई शब्द भनिन् ।
अर्चना चुप लाग्ने बित्तिकै कपिलले भने, ‘सिद्धु सर हुनुभएको भए तपाईंलाई देख्ने बित्तिकै आधा दर्जन सायरी भन्नुहुन्थ्यो होला । उनी त अर्चना जी हुन् जसले दुई शब्द भनेरै कुरा सिद्धाइन् ।’
कपिलले ठट्टा गर्दै भने, ‘सिद्धु जीले आज कंगना आइरहेकी छिन् भन्ने थाहा पाएपछि उनले रिसमा राजीनामा दिएका हुन् ।’
कपिलको कुरा सुनेर अर्चना पुरन सिंहले भनिन्, ‘राजीनामाको खबर सुन्नेबित्तिकै मेरो मुटुको ढुकढुकी थोरै बढेको थियो ।’
कपिल र अर्चनाको यस्तो कुरा सुनेर कंगनाले पनि आफ्नो हाँसो रोक्न सकिनन् ।
द कपिल शर्मा शोमा आजकाल अर्चना पुरन सिंहले जजको कुर्सीमा कब्जा जमाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण