खोलाले बाटो खोज्दा...
गत असार २६ गतेदेखि परेको पानीले उपत्यकाका सबै खोलामा बाढी आयो । सबैभन्दा बढी क्षति त बल्खु खोलाले ग¥यो ।
त्यही दिन बल्खु खोलामा आएको बाढीले वरपरका बस्ती जलमग्न भए ।
खसीबजारस्थित चक्रपथको पुलपारि शान्तिनगरमा रहेको मालपोत कार्यालय, महानगरीय प्रहरी प्रभाग, किरियापुत्री घर, जनपथ मावि, अखण्ड विद्याश्रमलगायत भवनमा पाँच फिटसम्म पानी जम्योे । चक्रपथभित्र खसीबजारस्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालय, काठमाडौँ महानगरपालिका–१४ को वडा कार्यालयलगायत विभिन्न सरकारी तथा सार्वजनिक कार्यालयमा बाढी पस्यो । यी निकायका कार्यालयहरू सबै खोलाको आडैमा छन् । महानगरीय प्रहरी प्रभाग कार्यालयको त जग नै खोलामाथि देखिन्छ ।
खोला खुम्चिँदा पस्यो बाढी
प्रधानाध्यापक लामिछाने यही विद्यालयमा २०५१ सालदेखि कार्यरत हुन् । सुरुमा शिक्षकका रूपमा अध्यापन सुरु गरेका उनी प्रधानाध्यापक हुँदासम्म यस विद्यालयको शैक्षिक गतिविधिको लामो इतिहासको साक्षी छन् । प्रधानाध्यापक लामिछाने बल्खु खोलामाथि मानिसले गरेको अत्याचारको साक्षी पनि हुन् ।
बल्खु खोलामा २०५१ सालमा पनि ठूलो बाढी आएको उनी स्मरण गर्छन् । त्यतिबेला खोलाको परपरसम्म पनि बाक्लो बस्ती थिएन । त्यसकारण बाढीले ठूलो ठाउँ ओगटे पनि अहिलेजस्तो ठूलो आर्थिक नोक्सानी भएको थिएन तर अहिले खोला बग्ने पहिलेको बाटो नै नचिनिने गरी मानिसले घर बसाएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण