प्रदेशहरुको खर्च ५४ प्रतिशत मात्रै
मङ्गलबार, ०७ साउन २०७६, ०७ : १३
प्रदेश सरकारले दुई पटक बजेट ल्याइसके । पहिलो पटक बजेट निर्माण र कार्यान्वयन अभ्यास गरेका उनीहरुले गत वर्ष बजेट खासै खर्चिन सकेनन् । सातै प्रदेशको औषत बजेट खर्च करिब ५४ प्रतिशत मात्रै छ ।
प्रदेश ५ ले सबैभन्दा बढी अर्थात् विनियोजन गरेकोमध्ये ६१ प्रतिशत बजेट खर्च गरेको छ । कर्णाली प्रदेशले सबैभन्दा कम आर्थात् विनियोजित बजेटको करिब ३५ प्रतिशत मात्रै खर्च गरेको छ ।
खर्च भएमध्ये विकासतर्फको पुँजीगत खर्च झन् कम छ । विनियोजित पुँजीगत खर्चको करिब ६० प्रतिशत हाराहारीमै खर्च भएको छ । पुँजीगत खर्च सबैभन्दा कम गर्नेमा कर्णाली प्रदेश छ ।
कर्णालीले गत वर्ष २१ अर्ब २४ करोड ४३ लाख रुपैयाँ पुँजीगत खर्च छुट्याएको थियो । यसको करिब २५ प्रतिशत अर्थात् ५ अर्ब ३० करोड ९७ लाख रुपैयाँ मात्रै खर्च भयो । यो समाचार कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण