ह्विलचेयर पाउनभन्दा बनाउनै गाह्रो
रूखबाट लड्दा धादिङ जिल्लाको त्रिपुरासुन्दरी–२, सल्यानटारका अञ्जन श्रेष्ठको मेरुदण्डमा चोट लाग्यो । त्यसपछि हिँडडुल नै बन्द भएका श्रेष्ठ दुई वर्षअघि धादिङमै शारीरिक पुनस्र्थापना केन्द्रले गरेको घुम्ती शिविरमा गए । त्यहाँ उनले मोबिलिटी ह्विलचेयर पाए ।
ह्विलचेयर पाएपछि उनको जीवन थोरै सहज भएको थियो तर केही महिनाअघि उहाँको ह्विलचेयर बिग्रियो । ह्विलचेयर मर्मत गर्न काठमाडाँैंसम्म आउन नसकेपछि उनले गर्ने सामान्य काम र हिँडडुलबाट समेत वञ्चित हुनुप¥यो । श्रेष्ठले अनुरोध गरेपछि उनका छिमेकी विश्वराज पाण्डे काठमाडौँंमा ह्विलचेयर लिन आएका छन् ।
श्रेष्ठले ह्विलचेयरमा बसी चौतारासम्म हावा खान जाने र हातले गर्ने घरको सामान्य काममा सघाउने गर्थे । “बिग्रिएपछि मोबिलिटी भएन । पैसा भएर पनि पहुँच नभएपछि काम रहेनछ,” श्रेष्ठको दुःख पोख्दै पाण्डेले भने ।
ह्विलचेयर लिन वा बिग्रिँदा त्यो बनाउन काठमाडाँैं नै आउनुपर्ने बाध्यताले श्रेष्ठजस्तै धेरै अपाङ्गता भएका व्यक्ति पीडित छन् । गाउँगाउँका ह्विलचेयर प्रयोगकर्ताको ‘फ्लोअप’ दर निकै कम रहेको शारीरिक पुनस्र्थापना केन्द्र, भृकुटीमण्डपका प्रोस्थेटिस्ट तथा अर्थाेटिस्ट रामबहादुर थापाले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण