वायुसेवा निगम संकटमा
शुक्रबार, १० साउन २०७६, ०७ : ०९
वायुसेवा निगमले जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषबाट लिएको ऋणको किस्ता तिर्न नसकेपछि ऋणदाता कम्पनीले नै सरकारसँग रकम माग गरेका छन् ।
निगममा सञ्चय कोषले २२ अर्ब र नागरिक लगानी कोषले १२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । ती निकायले नौ महिनादेखि ऋणको किस्ता तिरेका छैनन् ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले एक वर्ष अगाडि भित्र्याएको एयरबसको ए ३३०–२०० नामको वाइडबडी जहाज पूर्णक्षमतामा उडान गर्न नसक्दा तीनवटा किस्ता तिर्न सकेको छैन ।
निगमले उडान व्यवस्थापन मिलाउन नसक्दा र व्यवसायिक योजनाअनुसार उडान नहुँदा गत आवमा मात्रै करिब दुई अर्ब घाटा भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजु बास्कोटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण