मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्व–पश्चिम विद्युतीयसहित सम्भावित रेल मार्गको पहिचान

शनिबार, ११ साउन २०७६, ०६ : ३३
शनिबार, ११ साउन २०७६

सरकारले पूर्व–पश्चिम विद्युतीयसहित सम्भावित रेलमार्गहरुको पहिचान गरेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले अध्ययनपछि रेल नेटवर्कको सम्भावित स्थान र रुट नक्सांकन गरेको हो ।

पूर्व पश्चिम विद्युतीय रेलमार्गको विस्तृत अध्ययन (डिपीआर) निजगढ–बर्दिबास ७० किलोमिटरमा ट्रयाक निर्माण जारी छ । यसका लागि आव २०७६/०७७ मा साढे ७ अर्ब रुपैयाँ छुट्टाएको छ । 

मन्त्रालयका सचिव देवेन्द्र कार्कीले पूर्वपश्चिम रेलमार्गको काम सहज रुपमा अघि बढ्ने बताए । ‘यो आर्थिक वर्षमा केही बजेट पनि परेको छ, बर्दिबास निजगढसम्म काम भइरहेको छ,’ उनले भने, ‘काँकडभिट्टादेखि इनरुवासम्म टेन्डर निकाल्ने तयारीमा छौं ।’

 यो समाचार कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप