मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

मन्त्रीका निजी सचिवको अटेर, मेयरको आँखामा आँसु

आइतबार, १२ साउन २०७६, ०७ : १४
आइतबार, १२ साउन २०७६

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको कर्मचारीतर्फको सचिवालयका निजी सचिव उपसचिव पुष्पराज ढकाल अहिलेसम्म समायोजित स्थानीय निकायमा हाजिर भएका छैनन् । 

पोखरेल मन्त्री भएपछि पाठ्यक्रम विकास केन्द्रबाट काजमा मन्त्रालय आउनुभएका ढकाललाई प्रदेश नम्बर–२ धनुषाको नगराइन नगरपालिकाको शिक्षा शाखामा समायोजन गरिएको थियो । तर प्रदेश सरकार मातहतमा रहेको स्थानीय निकायमा समायोजन भएको कर्मचारीलाई संघीय सरकारले सरुवा गर्न नमिल्ने भए पनि उपसचिव ढकालले उक्त नगरपालिकाबाट आफू सरुवा प्रकृयामा रहेको दावी गर्दै त्यहाँ जान इन्कार गरेको समाचार स्रोतको भनाइ छ ।

उपसचिव ढकाल काममा नगएकाले उक्त नगरपालिकाले नगराइन माविका प्रधानाध्यापक देवेन्द्रकुमार कर्णलाई शिक्षा शाखा हेर्ने जिम्मेवारी दिएको छ, जवकि शिक्षकलाई नगरपालिकाको कुनै पदीय जिम्मेवारी दिन मिल्दैन । 

मेयर प्रमेश्वर यादवले अटेर उपसचिवको कारण नगरपालिकाको शिक्षाको सम्पूर्ण काम लथालिङ्ग भएको बताउँदै भने–ढकालजीको नाम सुनेको छु, तर कहाँ छन् थाहा छैन । उनलाई काममा पठाइदिन मन्त्रालयका सचिवलाई भनेका छौँ, हालसम्म केही जवाफ पाएका छैनौँ ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप