नेटवर्किङ व्यवसायले घर न घाटः कम्पनी फेर्दै, करोडौं ठग्दै
धादिङका सरोज थापामगरलाई नेटवर्किङ कम्पनीका एजेन्टले एक वर्षमै करोडपति बनाउने विश्वास दिलाएका थिए । मासिक ४० हजार रुपैयाँ तलब, कामका आधारमा पद र तलब पढ्दै जाने बताएपछि हौसिएका उनले आफूसँग भएको र सरसापट गरेर ३ लाख ६५ हजार रुपैयाँ एजेन्टलाई बुझाए ।
राष्ट्रिय बाणिज्य बैंकमा २४ हजार मासिक तलब पाइरहेको जागिर छोडेर उनी कपलवस्तुतको सीमावर्ती भारतीय बजार पचपेडवा पुगे । त्यहाँको एक कम्पनीमामा केही दिन काम गरे । एजेन्टले भनेअुसार तलब पाइनन् । आस नमरेका कारण काम गरिरहे । जब कम्पनीमा प्रहरीले छापा मा¥यो, उनी छाँगाबाट खसेझै भए ।
कम्पनीका प्रमुख व्यक्ति पक्राउ परेपछि मात्रै मगरले आफू ठगीएको थाहा पाए । तीन महिनादेखि उनी तनावमा छन् ।
छिमेकी उत्तरप्रदेशको बलरामपुर जिल्लास्थित पचपेडवामा एमस्टेप प्रोग्रेसिव प्रालिले सञ्चालन गरेको नेटवर्किङ व्यावसायमार्फत धेरै नेपाली ठगीएका हुन् । प्रारम्भिक रुपमा उनीहरुबाट कम्पनीले ७ करोड रुपैयाँ ठगी गरेको देखिएको इलाका प्रहरी कृष्णनगरले जनाएको छ । यो समाचार कान्तिपुर दैनिकमा मनोज पौडेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण