मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

छाउनीमा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण, किन भएन टिचिङमा ?

आइतबार, १२ साउन २०७६, ०८ : ४४
आइतबार, १२ साउन २०७६

छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गरिएको छ । यो खबर आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा छापिएको छ । 

शिक्षण अस्पतालमा कुनै कोठा खाली नभएपछि उनलाई सैनिक अस्पताल लगिएको प्रधानमन्त्री ओलीकी निजी चिकित्सक प्राडा दिब्यासिंह शाहले जानकारी दिइन् । 

‘प्रधानमन्त्रीज्यूको नियमित स्वास्थ्य परीक्षण मात्रै गरिएको हो’ उनले भनिन्, ‘उहाँको रगत, दिसापिसावलगायत पेटको अल्ट्रासाउन्ड गरिएको छ ।’ उनको अब एउटा रिपोर्ट आउन बाँकी रहेको र बाँकी रिपोर्टमा स्वास्थ्य अवस्थामा सामान्य पाइएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप